×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजश्व चुहावट गर्ने ३ कम्पनीका सञ्चालकविरुद्ध उच्च अदालतमा मुद्दा दायर, ११ करोड ३१ लाख रुपैयाँ बिगो दावी माग !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

राजश्व चुहावट गर्ने ३ कम्पनीका सञ्चालकविरुद्ध उच्च अदालतमा मुद्दा दायर, ११ करोड ३१ लाख रुपैयाँ बिगो दावी माग !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने व्यवसायीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको  । विभागले नक्कली तथा झुट्टा बिल प्रयोगरी राजश्व चुहावट गर्ने सन्तोषी निर्माण सेवा प्राली, स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स, यति इन्टरनेशनल र रिवाज इन्टरनेशनल प्रालीका सञ्चालकविरुद्ध ११ करोड ३१ लाख रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको हो । 
विभागले सन्तोषी निर्माण सेवा प्रालीका सञ्चालक केशवराज कंडेललगायत ३ जनाबाट ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ विगो असुल गरी जरिवाना र कैदसहीतको माग गरेको छ । यस्तै विभागले स्काई लाइन ट्रेडर्स सप्लायर्सका प्रोप्राइटर विरेन्द्र चौधरी, यति इन्टरनेशनलकी प्रोप्राइटर उषकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालीका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदवी गर्दै मुद्दा दायर गरेको छ । 
यस्तै सन्तोषी निर्माण सेवा प्रालीका सञ्चालक कंडेलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर छलेको देखिएको विभागले जानकारी दिएको छ ।नक्कली विल विजक जारी गरी राजश्व छली राजश्व चुहावट ऐन २०५२ को दफा ३ अनुसार गर्न नपाइने भएकाले ती व्यवसायीविरुद्ध सोही ऐन अनुसार मुद्दा दयर गरिएको विभागले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: