
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको आरोप लागेका रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको डेपुटी सिईओ अगम मुखियाले आफुमाथि लागेको आरोपको खण्डनसमेत नगरी कम्पनीबाट राजिनामा दिएका छन् । सानिमा लाइफको सीइओ बन्नका लागि मुखियाले रिलायवल नेपाल लाईफबाट राजिनामा दिएका हुन् । उनको नियुक्तिका लागि स्वीकृति माग गरिएको फाइल बीमा समिति पठाएको छ । केहि समय अगाडीमात्र उनको सर्टिफिकेटमाथि प्रश्न उठाउँदै रिलायबलकै एक उच्च तहका कर्मचारीले अखित्यारमा उजुरी पठाएका थिए ।
‘सानिमा लाइफको सिईओ बन्न सक्कली सर्टिफिकेट चाहिंदैन ?’ उजुरी पत्रमा भनिएको छ, ‘ठुलालाईचाहिं कानुन नलाग्ने हो ?’ ३ विषयमा माष्टर्स गरेको भएपनि मुखियाको आइएको सर्टिफिकेट नक्कली रहेको आरोप उक्त उजुरीमा छ । यस विषयमा बीमा समितिलेसमेत ध्यान दिएको छैन । जवकी एउटा सामान्य पत्र लेखेकै आधारमा सम्बन्धित निकायले उक्त सर्टिफिकेट सक्कली हो वा नक्कली हो भन्ने पुष्टीसहितको पत्र दिन्छ । यसो त रिलायबल नेपाल लाइफ आफैंमा विवादित कम्पनी हो । हरेक बर्षजसो कुनै न कुनै विवाद कम्पनीमा आइरहन्छ ।
यसअघि पनि कम्पनीको एक शाखाको भाडालाई लिएर प्रश्न उठेपछि कम्पनीका अध्यक्षले राजिनामा दिएका थिए । कम्पनीको नाम पनि विवादमै छ । कम्पनी ऐन विपरित नाम भएको भन्दै चौतर्फी आलोचना हुने कम्पनीले उठाएको बीमा शुल्क पनि नक्कली (रियल बिजनेश नभई मेनेजरले लोन लिएर बीमा गरेको देखाईएको) भन्दै पटक पटक बीमा समितिमा कुरा पुग्ने गरेको भएपनि यसको सुनुवाई हुन सकेको छैन ।
कम्पनीका नयाँ अध्यक्ष आएपछि केहि राम्रो होला कि भन्ने आश गरिएको भएपनि उनको पनि हालत उस्तै रहेको त्यहाँका कर्मचारीहरुको आरोप छ ।
https://arthasarokar.com/2019/01/reliable-life.html
https://arthasarokar.com/2019/11/Raju-Sibakoti-.html
https://arthasarokar.com/2019/08/reliable-Nepallife-insurance.html
https://arthasarokar.com/2018/12/Reliable-Nepal-Life-Insurance.html
https://arthasarokar.com/2018/12/Insurance-.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्