- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र २ ले लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक सिबिआइएल क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको ७३ औँ बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट दुवै फण्डको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो ।
सिटिजन्स म्युचुअल फन्ड १ ले १५% बाट हुन आउने १२ करोड ३० लाख रुपैयाँ लाभांश वितरणमा खर्च गर्नेछ । भने सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित १०%ले हुने ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।