×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राताम्मे बन्यो सेयर बजार, २२.९१ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL

राताम्मे बन्यो सेयर बजार, २२.९१ अंकले घट्यो नेप्से परिसूचक

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार २२.९१ अंकले घटेर  १५४६.१५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९९ कम्पनीको ७८ लाख ५० हजार ६५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ३१ करोड ९४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक र नेपाल पुनर्बिमाको भएको छ ।
यता, मंगलबारको कारोबारमा सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै युनाइटेड फाइनान्स र बरुण हाइड्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै लिबर्टी इनर्जी र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी