×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार पनि ७.२१ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

LAXMI SUNRISE BANK

मंगलबार पनि ७.२१ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ७.२१ अंकले घटेर १५५३.६२ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको कुल १७ करोड ४१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : हिमाल दोलखा हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनीको भएको छ ।
यता, मंगलबारको कारोबारमा हाइड्रोपावर, म्यानुफक्चार एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावर र हिमालयन उर्जा हाइड्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सपोर्ट लघुवित्त वित्तीय संस्था र रिलाइन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी