×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण, निधन भएका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टी !

PRIME CA

नबिल बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण, निधन भएका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टी !

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कास्की । नबिल बैंक लिमिटेडको सभागृह चोकमा रहेको शाखामा कार्यरत कर्मचारी कोरोना संक्रमणका कारण बितेपछी गरिएको कन्ट्याक्ट ट्रेसिङमा थप ३ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएका उनीहरु सबै बैंकका सुरक्षा गार्ड हुन् । संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । हाल उनीहरु आइसोलेसनमा छन् भने संक्रमितमध्येका एकलाई निको भइसकेको छ ।  
यता बैंकका अन्य कर्मचारी भने सुरक्षित रहेको बैंकका शाखा प्रबन्धक सुर्य रोकाले बताएका छन् । ‘हामीहरु सबैको कोरोना टेष्ट गरियो । सुरक्षा गार्ड बाहेक हामी सबै ठिक छौं । अहिले सावधानी अपनाएर काम गरिरहेका छौं ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘उपचारका क्रममा हाम्रो शाखामा कार्यरत सुरक्षा गार्डको निधन भएपछी थपको परिक्षण गरिएको थियो । सुरक्षा रुममा रहेका ३ जना थप सुरक्षा गार्डहरुमा कोरोना संक्रमण पुष्टी भएको छ भने बाँकी हामी सबैको टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।’
साथै उनले अहिले निकै सावधानी अपनाएर बैंकले सेवा दिइरहेकोसमेत बताए । ‘सुरक्षा गार्डलाई कोरोना देखिएपछि हामी सबै क्वारेन्टाइनमा गयौं । अहिले पनि सावधानी अपनाएर सेवा दिइरहेका छौं ।’ उनले भने । उनका अनुसार संक्रमित सुरक्षा गार्डहरुमध्ये एक जना अझै आइसोलेसनमै छन् भने २ निको हुने भएका छन् । उनका अनुसार उनीहरु त्रिमुर्ती सेक्युरिटिज नामक कम्पनीबाट नबिल बैंक लिमिटेडको सो शाखामा खटाइएका सुरक्षा गार्डहरु हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: