×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण निधन भएका नबिल बैंकमा कार्यरत ‘गार्ड दाइ’को त्यो अन्तिम दिन…’उपचार नपाएरै संसार छोड्नुपर्यो…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

कोरोनाका कारण निधन भएका नबिल बैंकमा कार्यरत ‘गार्ड दाइ’को त्यो अन्तिम दिन…’उपचार नपाएरै संसार छोड्नुपर्यो…’

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । नबिल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्ड ‘राम दाई’ (नाम परिवर्तन)। निकै रमाइला मान्छे थिए । उमेरले ५० कटेपनि कुनै युवामा हुने भन्दा कम जोश थिएन उनीसँग । सुरक्षा गार्डका रुपमा त्रिमुर्ती सेक्युरिटिजबाट नबिल बैंक लिमिटेडमा काम गर्न आएका उनी काममा पनि पोख्त थिए । भनेको काम सहि तरिकाले गर्थे । कर्पोरेट ठाउँमा गर्नुपर्ने व्यवहारमा उनी सार्है मिझासिला थिए । ग्राहकहरुसँग निकै राम्रो व्यवहार गर्थे ।
विश्वभर कोरोना संक्रमणको त्रासबढेपनि बैंकहरुलाई अत्यावश्यक सेवाका नाममा खुला गर्न सरकारको स्वीकृति थियो । लकडाउन भएयता उनले पनि बैंकमा आफ्नो ड्युटी गरे । कोरोनाकाबारे चासोपूर्वक कुराहरु गर्थे । सबैका प्रिय थिए ‘राम दाई’ । बेला-बेला उनी भन्थे, ‘यो कोरोनाका कारण भन्दा पनि रोगका कारण मानिसहरु मरे । दोष कोरोनाले पायो ।’ उनका साथीहरु कुरामा कुरा थप्थे, ‘यो बुढेसकालमा कोरोना लाग्यो भने त तिमी बाँच्दैनौ नि !’ उनी हाँसेर भनिदिन्थे- ‘कोरोनाकै कारण मरिन्न।’
उनलाई पेटमा समस्या थियो । ‘एपेन्डिक्स’ पीडीत थिए उनी । पेटको अपरेशन गर्नुपर्ने दिन नजिकिंदै थियो । पेटमा पलाएको अनावश्यक मासुको डल्लालाई काटेर फाल्न अपरेशन गर्नु केहिदिनअघि उनले आफु निकटकालाई भनेका थिए- ‘मेरो पेटको डल्ला फ्याक्नु छ, त्यसपछि म झन् जोसिलो हुनेछु ।’
जव कोरोना पोजेटिभ देखियो
अपरेशनका लागि अस्पतालमा भर्ना भए उनी । अपरेशन पनि सफल भयो । भर्खर अपरेशन गरेको ज्यान, कमजोर हुनु स्वाभाविक थियो । नबिल बैंकका शाखा प्रबन्धकले फोन गर्दा पनि उनले आफ्नो ज्यान कमजोर भएको तर आफुलाई ठिक हुने विश्वास व्यक्त गरेका थिए । ज्यान तंग्रिदै थियो । साथीभाइले हौसला दिएका थिए । बैंककै अन्य कर्मचारीले समेत हालखबर सोधेका थिए । कोरोना महामारीका कारण अस्पतालसम्म भेट्न जान सक्ने अवस्था थिएन । मृत्यु भएको केहि दिनअघि बैंकका शाखा प्रबन्धकले फोन गर्दा उनले भनेका थिए, ‘सर ! आज अलि गाह्रो भएको छ ।’
यहि बीचमा अस्पतालले उनको कोरोना परिक्षण पनि गरेको थियो । परिक्षणको केहि दिनपछी उनको रिपोर्ट आयो-पोजेटिभ । त्यसपछि तंग्रिदै गरेको उनको ज्यानलाई खास सुसार भएन । ‘कोरोना पोजेटिभ देखिएपछि आफन्तलाई नजिक जानसमेत दिइएन । नियमित डाक्टरहरुलेसमेत जांच गर्नुभएन । अन्तत: उहाँले संसार छाड्नुभयो ।’ उनका एक आफन्तले अर्थ सरोकार डटकमलाई सुनाए-‘कोरोना रिपोर्ट पोजेटिभ आएको भन्ने नभएको भए उहाँलाई राम्रो जांच हुन्थ्यो, सुसार हुन्थ्यो, उहाँ बाँच्नुहुन्थ्यो, कोरोनाले होइन, कमजोर शरीरमा कोरोनाको डर हाबी हुँदा उहाँ रहनुभएन ।’
संसार छोडेको अन्तिम दिन पनि उनले आफन्तलाई अफिसको कुरा गरेका थिए । उनी त्रिमुर्तीबाट नबिल बैंकमा खटाइएका भएपनि उनी नबिललाई नै आफ्नो अफिस भन्थे । नबिलबाट प्रबन्धकले फोन गर्दा हाकिम सापको फोन आयो भन्थे । 
बैंकले हाम्रो कर्मचारी होइन भनेको सुनेपछि भक्कानिए आफन्त
यसो त उनी त्रिमुर्ती सेक्युरिटिजबाट काम गर्नका लागि नबिल बैंक आएका थिए । उनलाई तलव पनि त्रिमुर्तीबाट नै आउंथ्यो । पूराना कर्मचारीबाहेक अधिकांस सुरक्षा गार्डहरु आउटसोर्सका कर्मचारी हुन्छन् । तर उनको निधनसँगै बैंकले सहानुभूति भएपनि दिन्छ भन्ने थियो उनका आफन्तलाई । ‘हाम्रा नजिकका आफन्तले बैंकमा सोध्दा बैंकले हाम्रो कर्मचारीहरु सबैलाई ठिक छ, गार्डहरुलाईचाहिं कोरोना लागेछ भन्नुभएछ । जहाँबाट काम गर्न आएको भएपनि उहाँ नबिल बैंकमै कार्यरत हुनुहुन्थ्यो । काम परुन्जेल उहाँ नबिलकै गार्ड हुनुभयो । नबिल बैंकलाई सुरक्षा दिनुभयो । तर संसार छोडेपछि बैंकले नै हाम्रो कर्मचारी होइन भनेर पन्छिनुले थप पीडा दिएको छ । मन भक्कानिएको छ ।’ उनका एक आफन्तले अर्थ सरोकारसँग भने-‘ठुलाहरुको मन हुँदैन भन्थे, नबिल बैंकले त्यस्तै व्यवहार गर्यो ।’

शाखा प्रबन्धक भन्छन्- ‘हामी नियमित सम्पर्कमा थियौं’
यता बैंकका शाखा प्रबन्धक सुर्य रोकाले भने आफुहरु आफ्नो अफिसमा कार्यरत सुरक्षा गार्ड बिरामी हुँदा आफुहरु नियमित सम्पर्कमै रहेको बताउँछन् । ‘हामी नियमित सम्पर्कमा थियौं । कोरोनाका कारण हामीले उहाँलाई भेट्न जान सकेनौं । जाने अवस्था पनि थिएन । तर मैले उहाँलाई पटक पटक सम्पर्क गरिनै रहेको थिएँ । उहाँले केहि दिन अगाडी आजचाहिं अलि गाह्रो भएको छ भन्नुभएको थियो । उहाँको निधनबाट हामी स्तब्द छौं। ‘      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: