Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नागरिक लगानी कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न कोषले नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बैंकले १ः०.८२८४ को अनुपातमा १ सय रुपैयाँको दरले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय रुपैयाँ बराबरको हकप्रद सय जारी गर्न अनुमति मागेको हो। 
कम्पनीले हकप्रद सेयर निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट २२ प्रतिशत बोनस बितरणको प्रस्ताव पारित गरेको छ। बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड पुग्ने छ । त्यस्तै हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK