×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकले बोलायो १८ औँ वार्षिक साधारणसभा, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नारायणी डेभलपमेन्ट बैंकले बोलायो १८ औँ वार्षिक साधारणसभा, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिने

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकले १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकको उक्त सभा असोज १६ गते शुक्रबार स्टार व्याङक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरु गर्ने भएको छ ।
बैंकले सभामा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।बैंकले यसअघिकै सभाले नै पारित गरिसकेको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिएको हो । त्यस्तै, प्रवान्धपत्रमा संशोधन गर्ने, अन्य वैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने लगायत विषयमा छलफल हुने भएको छ। 
साथै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनसहित २०७६ असार मसान्तसम्मको वासलातलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि भने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: