×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकद्वारा असोज १६ गते साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु !

PRIME CA

नारायणी डेभलपमेन्ट बैंकद्वारा असोज १६ गते साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु !

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारणसभा असोज १६ गते हुने भएको छ । बैंकले सभा स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउसो १ बजे बोलाएको हो । बैंकले सभामा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । 
बैंकले यसअघिकै सभाले नै पारित गरिसकेको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिएको भएको हो । साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनसहित २०७६ असार मसान्तसम्मको वासलातलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
अहिले बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेकोमा हकप्रदजारी पछि भने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ । सभा प्रयोजनको लागि बैंकले असोज ८ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गर्नेछ । जसकारण असोज ७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: