×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरका सीडीओ भट्ट भन्छन् : ‘काठमाडौँ उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ललितपुरका सीडीओ भट्ट भन्छन् : ‘काठमाडौँ उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्छ’

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । प्रजिअ  भट्टले प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा यस्तो बताएका हुन् । 
उनले अहिलेको अवस्था भन्दा केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका हुन् ।  उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट उपत्यकामा निषेधाज्ञा जारी गरेका थिए ।  भदौ १७ गते केही खुकुलो बनाएर पुन: निषेधाज्ञाको अवधि थपिएको थियो । निषेधाज्ञाको उक्त अवधि भदौ २४ गते सकिँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी