×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल हाइड्रोपावरको चौथौ त्रैमास: खुद नाफा १४.५१ प्रतिशतले बढ्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

नेसनल हाइड्रोपावरको चौथौ त्रैमास: खुद नाफा १४.५१ प्रतिशतले बढ्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्ष तुलनामा १४.५१% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ९१ लख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३.३९% ले बढाएर ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले बिजुली बेचेर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 
यो असार मसान्तसम्ममा नेसनलको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । यता, जगेडा कोष भने ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । नेसनलको प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: