
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनसेलले एसईईका विद्यार्थीहरूका लागि विषेश अफर ल्याएको छ । एनसेलले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ अफर ल्याएको हो । विद्यार्थीले १ रूपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डाटाको फाइदा लिन सक्छन् । यो अफर भदौ १८ गतेदेखि लागू भएको हो ।
पहिलो सिम लिनका लागि एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्ने एनसेल जनाएको छ। सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्छन् । सिममा पाँच वटा एनसेल नम्बरहरू नि:शुल्क माइफाइभ समूहमा सेट गर्ने व्यवस्था छ । ती नम्बरहरूमा पहिलो ३० दिनसम्म निःशुल्क र त्यसपछि ती नम्बरहरूमा ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महीनासम्म कुराकानी गर्न सकिनेछ।
पहिलो सिम सुचारु गरेपछि पहिलो दिनको मध्यरात सम्ममा १०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डाटा बोनसको रूपमा प्राप्त गर्दछन् । सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक १०० बराबरको खर्चमा ग्राहकले बोनस डाटा पाउने विज्ञप्तिमा जनाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्