
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विद्युत उपभोक्ताहरुले अव विद्युत महसुल असोज २२ गतेसम्म तिर्दा जरिवाना नलाग्ने भएको छ । कोभिड-१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई विलम्ब शुल्क नलिन निर्देशन दिएपछि प्राधिकरणले असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने भएको हो ।
त्यस्तै, असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले जनाएको छ । ०७७ भदौ महिनाको विद्युत महशुल भुक्तानी सम्बन्धी अन्य व्यवस्था तथा २०७७ आश्विन महिनादेखिको नियमित महशुल भुक्तानी सम्बन्धी व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए बमोजिम हुनेछ ।’
कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने समेत प्राधिकरणले प्रष्ट पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्