- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालेअध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको जानकारी दिए ।
छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।