×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १०.४५ अंकले घट्यो बजार, २ अर्व ७८ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार १०.४५ अंकले घट्यो बजार, २ अर्व ७८ करोडमाथिको कारोबार

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.४५ अंकले घटेर १४९९.९७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७८ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ४० करोड १३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक र नेको इन्स्योरेन्सको भएको छ ।
यता, आइतबारको कारोबारमा  व्यापार र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै उन्नति सकारी लघुवित्त र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र रसुवागढी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी