
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका १९, धनकुटाका २, भोजपुरका ५, मोरङका ३५, सुनसरीका ७०, धनुषाका ३, पर्साका ७, बाराका १, महोत्तरीका १, रौतहटका १, सप्तरीका ४४, सर्लाहीका १, सिरहाका २७४, काठमाडौँका ६५२, काभ्रेका १८, चितवनका १, दोलखाका ३, धादिङका ७ र नुवाकोटका १ जना थपिएका छन् ।
यसै सल्यानका ३३, भक्तपुरका २५, मकवानपुरका ४९, रामेछापका १, ललितपुरका ६०, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका ३२, गोरखाका १९, तनहुँका ३, नवलपरासीपूर्वका ५, म्याग्दीका १, लमजुङका २, बागलुङका ४, स्याङ्जाका २, अर्घाखाँचीका ९, कपिलवस्तुका १, गुल्मीका २, दाङका ८, नवलपरासीका ४, पाल्पाका २, वर्दियाका २, बाँकेका ४४, रुपन्देहीका ४५, रोल्पाका ३, जाजरकोटका १, दैलेखका २, रुकुमपश्चिमका १, सुर्खेतका १४, अछामका १, कैलालीका १४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बुधबार १ हजार ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्