×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सले बोलायो ८ वर्षको वार्षिक साधारण सभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

PRIME CA

नेपाल फाइनान्सले बोलायो ८ वर्षको वार्षिक साधारण सभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल फाइनान्सको ८ वर्षको वार्षिक साधारण सभा असोज १० गते एकैपटक हुने भएको छ । निषेधाज्ञाका कारण स्थगित भएको साधारणसभा निषेधाज्ञा हटिएसंगै हुन लागेको हो । साधारण सभा संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले १७५% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०६८–६९ देखि २०७५–०७६ सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह लगायतका विषयमा पनि छलफल हुँदैछ ।
आर्थिक वर्ष २०७६–७७ का लागि लेखा परीक्षक नियुक्ति तथा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले साउन २६ गते बुक क्लोज गरेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: