×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन पाइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन पाइने !

Artha Sarokar

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर असोज २ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँमा उक्त सेयर बिक्री गर्ने भएको हो । 
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा पुग्नेगरी असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लगानीकर्ताले आवेदन पेश गर्नुपर्नेछ । उक्त सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी