×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियम विपरीत ग्याँस सिलिण्डर ओसार-पसार गर्नेलाई कारबाही हुने

GLOBAL IME BANK

नियम विपरीत ग्याँस सिलिण्डर ओसार-पसार गर्नेलाई कारबाही हुने

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नियम विपरीत ग्याँस सिलिण्डर ओसार-पसार गर्नेलाई नेपाल एलपी ग्याँस उद्योग संघले कारबाही गर्ने भएको छ । संघले ग्याँस उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार-पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गरे कारबाही हुने जनाएको छ । 
आज (बिहिबार) सूचना जारी गर्दै बजारमा जथाभाबी ग्याँस सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ । संघले यस्ता सिलिण्डर जफत गरी कारोबारमा संलग्न हुनेलाई कारबाहीको चेतावनी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: