
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल ल्युब ओइल लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले लाभांश पारित गर्न कार्तिक ५ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभा जुम प्रविधि मार्फत कम्पनीको कार्यालय झम्सिखेलमा बिहान ११:३० बजे हुने भएको छ।
सभामा कम्पनीले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षक प्रतिवेदन र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश गर्ने छ ।
त्यस्तै सभामा कम्पनीको चुक्ता पुँजी ३ करोडबाट ५ करोड पुर्याउने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ देखि कार्तिक ५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्