
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अव घर तथा गाडी कर्जा लिने ऋणीहरुको लागि खुशीको खबर आएको छ । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ।
यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका हुने घर कर्जा, गाडी कर्जा लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका एकवर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकको भनाइ छ ।
तर, ग्राहकले नै बैंकको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पनि पाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले यसअघि प्रवाह भएका घर कर्जा, गाडी कर्जालगायतका आवधिक कर्जामा पनि ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्त परिवर्तन गर्न भनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्