×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी, प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने

GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी, प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुचना प्रविधि प्रणाली लेखा परिक्षण बारे नयाँ निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई एकिकृत निर्देशिका जारी गर्दै सुचना प्रविधि प्रणालीको लेखा परिक्षण सहज बनाएको छ । अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाहरुले सूचना प्रविधि प्रणालीको लेखा परीक्षण गर्नुपर्ने छ । यदी नयाँ प्रणाली स्थापना गरिएको खण्डमा प्रणाली सञ्चालनमा आएको १ वर्षभित्र र त्यसपछि प्रत्येक २ वर्षमा लेखा परीक्षण गर्नुपर्ने छ । 
‘विद्युतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवर्द्धन गर्न इजाजतपत्र प्राप्त संस्थामा नयाँ प्रणालीको प्रयोग गरिएको अवस्थामा प्रणाली प्रयोगमा आएको एक वर्ष भित्र र तत्पश्चात प्रत्येक दुई वर्षमा अनिवार्य रुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण (सिस्टम अडिट) गर्नु पर्नेछ,’ नयाँ एकिकृत निर्देशनको बुँदा नम्बर १९७ मा यस्तो लेखिएको छ, । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: