
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुकूल भटनागर बैंकबाट बहिरिएका छन् । स्टेट बैंक अफ इण्डिया (एसबिआई) का कर्मचारी भटनागर नेपालको कार्यकाल सकेर बहिरिएका हुन् ।
भटनागरलाई स्टेट बैंक अफ इण्डियाले फिर्ता बोलाएसँगै दीपककुमार डेलेलाई प्रमुख कार्यकारी अधिकृत बनाएर पठाएको छ । भदौ १९ गते बैंक सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको निर्णयलाई सदर गरी भटनागरलाई फिर्ता पठाउने स्वीकृति दिएको हो । सोही बैठकले दीपककुमार डेले पदमा पदबहाल नहुँदासम्मको लागि नायब कार्यकारी प्रमुख शुभकान्त कानुनगोलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्