×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ६.१२ अंकले घट्यो बजार, २ अर्व ६३ करोडमाथिको कारोबार हुँदा नेप्से १५६९.०६ बिन्दुमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सोमबार ६.१२ अंकले घट्यो बजार, २ अर्व ६३ करोडमाथिको कारोबार हुँदा नेप्से १५६९.०६ बिन्दुमा

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.१२ अंकले घटेर  १५६९.०६ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ६३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको कुल २१ करोड ३८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा म्यानुफक्चर एण्ड प्रोडक्सन उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै युनाइटेड फाइनान्स र नेसनल हाइड्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै लिबर्टी इनर्जी र रैराङ्ग हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: