×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो बजार : ९.३७ अंकले बढेको नेप्से १५५५.५२ विन्दुमा, कारोबार १ अर्व ७२ करोडमाथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार बढ्यो बजार : ९.३७ अंकले बढेको नेप्से १५५५.५२ विन्दुमा, कारोबार १ अर्व ७२ करोडमाथि

Artha Sarokar

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार ९.३७ अंकले बढेर १५५५.५२ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९४ कम्पनीको ५८ लाख  ६२ हजार ६१७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १० करोड ८५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक र नेपाल पुनर्बिमाको भएको छ ।
यता, बुधबारको कारोबारमा होटल्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर र माउन्टेन्ट हाइड्रो नेपालको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गोर्खा फाइनान्स र तारागाउँ  का लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी