
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकहरुको लागि नयाँ व्यवस्था लागू गरेको छ। अब ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीसहितका आधारभूत सेवामा एउटै युएसएसडी नम्बर प्रयोग हुने भएको छ ।
६ महिनाभित्रै सबै सेवा प्रदायकले ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ । सेवाप्रदायकअनुसार फरक-फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको जनाएको छ ।
प्राधिकरणले जानकारीमूलक सेवा प्रदान गर्न चलाइएका टोल फ्रि नम्बर सम्बन्धी व्यवस्थामा पनि हेरफेर गरेको छ । आफ्ना ग्राहक तथा सेवाग्राहीलाई निःशुल्क फोनको सुविधा दिने गरी प्रयोगमा आएका टोल फ्रि नम्बरहरु पनि अब एकै खालको नम्बरिङ प्रणालीमा रहने भएका छन् ।हाल नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल फ्रि नम्बर उपलब्ध छ । अब सेवा प्रदायकले १८०० बाट सुरु हुने गरी १० अंकको यस्तो नम्बर दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्