
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा लक्ष्यभन्दा बढि राजश्व सङ्कलन गरेको छ । चालु आवको पहिलो महिनामा रु. एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको भन्सार कार्यालयले जनाएको छ ।
साउन महिनामा रु ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा रु ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व सङ्कलन भएको छ । यस्तै भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य रु. एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा बढी रु एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको हो । कोरोना महामारीका कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगञ्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए । नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्