×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ५ मा थप ८० जनामा कोरोना संक्रमण पुष्टी, बर्दियाका ४२ जना संक्रमित

GLOBAL IME BANK

प्रदेश ५ मा थप ८० जनामा कोरोना संक्रमण पुष्टी, बर्दियाका ४२ जना संक्रमित

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । प्रदेश ५ मा थप ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा बाँकेका ३८ जना र बर्दियाका ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  
कोरोना संक्रमित हुनेमा  बाँकेका खजुरा गाउँपालिकाका १९ जना, जिल्ला प्रहरी कार्यालयका ११ जना, कोहलपुर नगरपालिकाका ३ जना, नेपालगञ्ज उपमहानगरपालिकाका २ जना र बर्दिया, बाजुरा र झापा स्थायी ठेगाना भएका १/१ जना रहेका छन् भने बर्दियाका धिकांश बाँसगढी नगरपालिकाका रहेका छन् । 
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १२ सय ४८ पुगेको छ । हालसम्म ८ सय २५ जना निको हुँदा ६ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: