×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार उकालो यात्रातर्फ: बिहिबार ३०.७८ अंकले बढ्यो नेप्से, ३ अर्व ३१ करोडमाथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजार उकालो यात्रातर्फ: बिहिबार ३०.७८ अंकले बढ्यो नेप्से, ३ अर्व ३१ करोडमाथिको कारोबार !

Artha Sarokar

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ३०.७८ अंकले बढेर १५७२.१८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको १ करोड १८ लाख ३०४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १३ करोड २३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक र चिलिमे हाइड्रोपावरको भएको छ ।
यता, बिहिबारको कारोबारमा निर्जीवन बिमा उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै रिलायन्स लाइफ इन्स्योरेन्स र सोल्टी होटलको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआरएन लघुवित्त र सिद्धार्थ इकुति फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी