×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ५.७४ अंकले बढ्यो बजार, २ अर्व २३ करोडमाथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबार ५.७४ अंकले बढ्यो बजार, २ अर्व २३ करोडमाथिको कारोबार !

Artha Sarokar

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.७४ अंकले बढेर १५६१.२७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ८९ लाख ७१  हजार ३०३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व २३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण काबेली हाइड्रोपावरको भएको छ । यस कम्पनीको कुल १४ करोड ७८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपर तामाकोशी हाइड्रोपावर र नेपाल पुनर्बिमाको भएको छ ।
यता, बिहिबारको कारोबारमा बैंकिङ्ग, व्यापार, होटल, हाइड्रोपावर, फाइनान्स र अन्यउपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै अपि पावर कम्पनी र माउन्टेन्ट हाइड्रो नेपालको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड- १ र ग्लोबल आइएमइ बैंकको ऋणपत्रका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी