×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार उकालो यात्रातर्फ: आइतबार १६.५६ अंकले बढ्यो नेप्से, ३ अर्व ३७ करोडमाथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बजार उकालो यात्रातर्फ: आइतबार १६.५६ अंकले बढ्यो नेप्से, ३ अर्व ३७ करोडमाथिको कारोबार !

Artha Sarokar

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३७ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २४ करोड २० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स  र  नागरिक लगानी कोषको भएको छ ।
यता, आइतबारको कारोबारमा व्यापार, फाइनान्स र म्युतुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै रिलायन्स लाइफ इन्स्योरेन्स र किसान माइक्रोफाइनान्सको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नबिल व्यालेन्स फण्ड र दिब्यश्वोरी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी