
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लापरवाहीको हद नाघेको छ । नेप्सेले समाज लघुवित्तको शेयर सूचीकरणसँगै कारोबार रोक्का राखिएको जानकारी दिन सार्वजनिक गरेको सूचनामा चरम लापरवाही गरेको पाइएको हो ।
समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन लागेका छन् । तर सार्वजनिक सूचनामा समाज लघुवित्तको सेयर कारोबार रोक्का राखिएको हुनुपर्नेमा वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असोज ८ गतेदेखि रोक्का राखिएको उल्लेख गरिएको छ । जसकारण बिना कारण सूचिकृत कम्पनीको सेयर कारोबार रोक्का हुने अवस्थामा पुगेको छ ।
यता समाज लघुवित्तले आईपीओ सूचीकृत नगर्दै स्वस्तिकसँग मर्जर सम्झौता गरेको जानकारी असोज ५ गते नेप्सेलाई गराएको थियो ।
