
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ४.७३ अंकले घटेर १५६०.८३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ । यस कम्पनीको कुल ४८ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र अरुण भ्याली हाइड्रोपावरको भएको छ ।
यता, सोमबारको कारोबारमा विकास बैंक र निर्जीवन बीमा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स र सेन्ट्रल फाइनान्सको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पांचथर पावर कम्पनी र गोर्खाज फाइनान्सको ऋणपत्रका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्