×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो बजार : ४.२९ अंकले बढेको नेप्से १५६५.५५ विन्दुमा, कारोबार ३ अर्व १३ करोड माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार बढ्यो बजार : ४.२९ अंकले बढेको नेप्से १५६५.५५ विन्दुमा, कारोबार ३ अर्व १३ करोड माथि

Artha Sarokar

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार ४.२९ अंकले बढेर १५६५.५५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व १३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार सोल्टी होटल्सको भएको छ । यस कम्पनीको कुल ४८ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपर हिमाल दोलखा हाइड्रोपावर र कुमारी बैंकको भएको छ ।
यता, आइतबारको कारोबारमा बैंकिङ्ग,  होटल, विकास बैंक, फाइनान्स र अन्यउपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै बेस्ट फाइनान्स र माउन्टेन्ट हाइड्रो नेपालको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनिलिभर नेपाल र युनाइटेड मोदी हाइड्रोपावरको ऋणपत्रका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी