×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो बजार : ३.२६ अंकले बढेको नेप्से १५४०.५१ विन्दुमा, कारोबार ३ अर्व २१ करोडमाथि

PRIME CA
GLOBAL IME BANK

सोमबार बढ्यो बजार : ३.२६ अंकले बढेको नेप्से १५४०.५१ विन्दुमा, कारोबार ३ अर्व २१ करोडमाथि

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार ३.२६ अंकले बढेर १५४०.५१ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व २१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १९ करोड ९३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा बैंकिङ्ग, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र म्युतुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर र एनआरएन लघुवित्तको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी र लक्ष्मी क्यापिटललगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: