×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि ३.१९ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

LAXMI SUNRISE BANK

बुधबार पनि ३.१९ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.१९ अंकले घटेर १५५०.४३ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ८० लाख १९ हजार ६६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ११ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण काबेली हाइड्रोपावर र नेसनल हाइड्रोपावरको भएको छ ।
यता, बुधबारको कारोबारमा विकास बैंक, हाइड्रोपावर, फाइनान्स र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै कामनासेवा विकास बैंक र जोशी हाइड्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र ङ्गडि ग्रुपका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी