
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज दुबैका प्रमुखलाई बोलाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को टीएमएसमा पटकपटक समस्या आएपछि मन्त्रालयले चासो लिंदै छलफलका लागि सोमबार बिहान दुबैका प्रमुखलाई बोलाएको हो ।
गएको सातादेखि नेप्सेको अनलाइन कारोबारमा पटकपटक समस्या देखिएको छ । जससंगै नेप्सेले कारोबारको समय बढाउनु परेको थियो । आइतबार (हिजो) पनि पुन: त्यही समस्या देखिएपछि कारोबार रोकिएको थियो । लगानीकर्ताले दुख पाएपछि अर्थ मन्त्रालय नेप्से र सेबोन दुवै निकायसँग आक्रोशित देखिएको छ।
यता नेप्सेले भने प्राविधिक समस्याका कारण कारोबार हुन नसकेको जनाउदै आएको छ । यसअघि पनि समस्या आउँदा नेपाल धितोपत्र बोर्डले नेप्सेका अधिकारीलाई डाकेर सोधेको थियो । सो समयमासमेत नेप्सेका अधिकारीले प्राविधिक समस्या बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्