×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मापदण्ड विपरित धमाधम खुले न्युरोड, असन क्षेत्रका पसल, १८ तस्विरमा हेर्नुहोस् व्यापारीको लापरवाही…! (फोटो-कथा)

PRIME CA

मापदण्ड विपरित धमाधम खुले न्युरोड, असन क्षेत्रका पसल, १८ तस्विरमा हेर्नुहोस् व्यापारीको लापरवाही…! (फोटो-कथा)

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै यी क्षेत्रमा भिडभाड बढेको हो । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो पार्दै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । जस अनुसार खाद्यवस्तु, दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछामासु लगायतका पसलहरु दैनिक विहान ११ बजे सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ । 
तर सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ । फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु भने सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ । तर आइतबार उपत्यकाका विभिन्न बजार क्षेत्रमा पुग्दा सबैखाले पसलहरु सञ्चालनमा आएको पाइएको छ । त्योपनि तोकिएको मापदण्ड पालना नगरी ।
सरकारले तोके अनुसार आज (आइतबार) भाँडा र भान्सा जन्य पसलहरु, अटोमोबाइल, फर्निचार मात्रै खोल्न पाईन्छ । तर सबै फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल समेत खुलेको पाइएको छ । जुन सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । सरकारको आदेश विपरित सञ्चालनमा आएका यस्ता पसलहरुमा मापदण्ड समेत पालना नभएको पाइएको छ । केही व्यवसायीहरु मास्क समेत नलगाएका देखिन्छन् । बजारमा किनमेल गर्न पुगेका उपभोक्ताहरु पनि व्यवसायीहरुले कोभिड संक्रमण रोकथामका लागि कुनैपनि मापदण्ड पालना नगरेको बताउँछन् । बाँकी फोटोमा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: