×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : एनआइसी एशिया बैंकले राष्ट्र बैंकको नियम मिचेर गरेको काम सच्यायो (प्रमाणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अर्थ सरोकार समाचार प्रभाव : एनआइसी एशिया बैंकले राष्ट्र बैंकको नियम मिचेर गरेको काम सच्यायो (प्रमाणसहित)

Artha Sarokar

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीको धनगढीस्थित हस्पिटललाईन रोडमा रहेको एनआइसी एशिया बैंकको शाखाले आफ्नै नाम गलत लेखेको तथ्य अर्थ सरोकारले सार्वजनिक गरेलगत्तै बैंकले उक्त गलत कामलाई सच्याएको छ । नियम अनुसार बैंकको लोगो र सार्वजनिक स्थानमा राखिने नाम र रंगको कस्तो हुने भन्ने विषयमा नियाम नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । तर बैंकले आफ्नो नाम नै गलत लेखेको पाइएपछि यस विषयमा अर्थ सरोकार डटकमले फोटो प्रमाणसहितको समाचार प्रकाशन गरेको थियो । 
अन्तत: उक्त काम सच्चिएको छ । अर्थ सरोकारले समाचार प्रकाशन गरेको भोलिपल्टै बैंकले गलत नाममाथि सहि नामको ब्यानर टाँसेर लाज छोप्ने काम गरेको छ । हेर्नुहोस् सच्याइएको नाम (जसमा एउटा ब्यानर छापेर पूरानो गलत नाम छोपिएको छ)
 र यो पूरानो ब्यानर जहाँ बैंकको नाम नै गलत लेखिएको थियो। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी