- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्सड् फण्डले बुकक्लोज मिति तय गरेको छ । दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार भाद्र २४ गतेसम्म इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्ने छन् ।
आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई करसहित १२% तथा एनआइसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरूलाई करसहित ८% का दरले लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।