×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यसो भन्छन् प्रबन्धक…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यसो भन्छन् प्रबन्धक…

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
थानकोट । एनआइसी एसिया बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको थानकोट शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
कर्मचारीमा संक्रमण पुष्टी हुँदा पनि बैंकको शाखा खोलिएको भन्दै उक्त स्थानका स्थानीयबासीहरुले गुनासो गरेका छन् । यता सो शाखाका शाखा प्रमुख (प्रवन्धक) मनोहर ठकुराठी भने कर्मचारीमा कोरोना पुष्टी भएको नभएकोबारे आधिकारीक कुरा नआएको बताउँछन् । उनले सोही कारण शाखा बन्द भएको दाबी गरेका छन् ।

यसअघि बैंकको धादिङस्थितको  थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशीमा रहेको शाखामा कार्यरत २ जना कर्मचारी र बिर्तामोडस्थितको शाखामा  कार्यरत एक कर्मचारीलाई पनि संक्रमण पुष्टी भइसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: