×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदीय समितिद्वारा संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण ! (भिडियो)

PRIME CA

संसदीय समितिद्वारा संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण ! (भिडियो)

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संसदको कानून, न्याय तथा मानवअधिकार समितिले संवैधानिक आयोगका पदहरुमा रहेका पदहरुमा तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पु¥याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहिन हुन नहुने भएकाले तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिल सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरुमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
समितिले देशका विभिन्न स्थानमा प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन ५ सदस्य रहेको समिति गठन गर्ने पनि निर्णय गरेको छ । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आउँदो आइतबारसम्म प्रधामन्त्रीलाई प्रतिवेदन बुझाइसक्ने निर्णय पनि समितिले गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: