
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार एनएमबि बैंकको सेयर सुचिकृत भएको छ । मंगलबारको कारोबारमा बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता नेप्से सेयर सुचिकृत भएको हो ।
बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई गाभेपछि कन्चनतर्फको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्रि गर्न सक्ने छन् ।