
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना बीमा गर्ने २० निर्जिवान बिमा कम्पनीहरू अनौपचारिक रुपमा `ठग´ घोषित भएका छन् । १९ बीमा कम्पनीहरुले दिएको `मनपरी´ सुझावलाई `प्रभावमा परी´ बीमा समितिले कोरोना बिमा पोलिसीलाई जथाभावी ढङ्गले संशोधन गरेपछि ती बीमा कम्पनीहरु जनताको नजरमा अनौपचारिक रुपमा ठग घोषित भएका हुन् ।
समितिले संसोधन गरेको कोरोना बीमा पोलिसी अनुसार अब कोरोना बिमा गरेका बिमितलाई संक्रमण पुष्टी भएमा २५ प्रतिशत मात्र दाबि भुक्तानी पाउनेछन् । १ लाख रुपैयाँ दिन्छौं भनेर बीमाको पैसा असुल्ने र तिर्ने बेलामा २५ प्रतिशतमात्रै तिर्ने व्यवस्था हुनु नीतिगत ठगी भएको भन्दै जनताहरुले कम्पनीहरुलाई ठग भन्न थालेका छन् । जवकी तथ्य यस्तो होइन । यसअघिका बिमितहरुले पूरा १ लाख नै पाउनेछन् ।
समितिले सोमबारदेखि उक्त बीमा गरेका बिमितलाई कोरोना देखिएमा २५ प्रतिशत मात्र दाबी भुक्तानी दिने नियमको लागु गरेको हो । जसअनुसार सोमबारपछि एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिले कोरोना संक्रमण पुष्टी भए २५ हजार रुपैयाँमात्रै पाउनेछन् । यस्तै संक्रमण पुष्टीपछि अस्पतालको आइसोलेसनमा बसेका संक्रमितले भने अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च पाउनेछन् । संक्रमितले चिकित्सकले प्रमाणित गरेको बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ । सोमबारअघिका बिमितहरुले शत प्रतिशतनै भुक्तानी पाउनेछन् ।
बीमा समितिले पटक-पटक कोरोना बिमालाई संसोधन गर्दा कोरोना बीमा गरेकाहरुले भने झन्झट बेहोर्नुपरेको छ । समितिले केहिदिन अघि मात्र निजि प्रयोगशालाबाट गरिको कोरोना टेष्ट रिपोर्टका आधारमा दाबी भुक्तानी नदिने अर्थात मान्य नहुने बताएको थियो । तर त्यसको चौतर्फी आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट संक्रमितले पेश गर्दा मान्य हुने बताएको हो । यस्तै केहि समय अघि मात्र कोरोना बिमानै स्थगित गरेको समितिले सरकारले साथ दिने भनेपछि पुन: सुचारु गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्