×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रिय बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल हुने !

PRIME CA
GLOBAL IME BANK

केन्द्रिय बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल हुने !

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । मंगलबार (भदौ ३० गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
केन्द्रिय बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्व हुनेछ । यसैगरी, ९१ दिनका लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ मंसिर ३० गते परिपक्वव हुनेछ ।
त्यस्तै, १८२ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०७७ चैत ३ गते परिपक्व हुनेछ । साथै, १ वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुनेछ । यो २०७८ भदौ २९ गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: