×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर करिडोर सम्बन्धी कार्यविधि संशोधन, कोरोनाको जोखिमलाई मध्येनजर गर्दै थपिए यस्ता नयाँ व्यवस्था…!

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ब्याजदर करिडोर सम्बन्धी कार्यविधि संशोधन, कोरोनाको जोखिमलाई मध्येनजर गर्दै थपिए यस्ता नयाँ व्यवस्था…!

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी कार्यविधि २०७६ संशोधन गरेको छ । कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पर्नसक्ने असरलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी कार्यविधि २०७६ संशोधन गरेको हो । 
२०७६ सालको मौद्रिक नीतिमार्फत भएका नीतिगत व्यवस्थाहरु समावेश गर्दै ब्याजदर करिडोर सम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, २०७७) जारी गरी लागू गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले नीतिगत दरको रुपमा रहेको रिपो दर घटाएको छ । यसअघि ३.५% मा रहेको रिपो दरलाई ३% मा झारिएको छ । यस्तै ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा १ साताअवधिको निक्षेप संकलनको दर १% मा झारिएको छ । यसअघि तल्लो सीमा २% थियो । राष्ट्र बैंकले माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ५% यथावत राखेको छ ।

यो सुविधाका लागि निवेदन दिनुभन्दा अघिल्लो दिन वा सो दिन बिदा भएमा सोभन्दा अघिल्लो दिनको उपलब्ध अन्तर बैंक ब्याजदर (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको भारित औसत अन्तर बैंकदर) ३.० प्रतिशतभन्दा माथि रहेको हुनुपर्ने केन्द्रिय बैंकले जनाएको छ । 

के-के थपिए नयाँ व्यवस्था ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: