
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई तीन दिनसम्म लगातार शाखा खोल्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई सोमबार एक परिपत्र जारी गर्दै निषेधाज्ञाकै अवस्थामा सबै राजश्व संकलन गर्ने शाखा तथा काउण्टरहरु तथा बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने सबै काउण्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सबै राजश्व संकलन गर्ने शाखा तथा काउण्टरहरु तथा बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने सबै काउण्टरहरु र नेपाल क्लियरिङ हाउसलाई क्रमश: भदौ २३, २४ र २५ गते सेवा खुल्ला राख्न भनेको हो । यसअघि भने राष्ट्र बैंकले बैंकहरुलाई सीमित शाखा मात्र खोल्नुपर्ने निर्देशन दिएको हो । यधपि राष्ट्र बैंकले राजश्व संकलनका लागि भने कोरोनाको जोखिमलाई लत्याएर सबै शाखा खोल्न भनेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्