×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुद्दति निक्षेपमा १ अर्ब ५० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गतेसम्म आवेदन दिन आग्रह !

PRIME CA
GLOBAL IME BANK

मुद्दति निक्षेपमा १ अर्ब ५० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गतेसम्म आवेदन दिन आग्रह !

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ०७७ असोज १ गतेदेखि २०७८ असार २० गतेसम्म उक्त रकम मुद्दति निक्षेपमा लगानी हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ २३ गते दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकमसहित आवेदन पेश गर्न भनेको छ । साथै बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरिएको ब्याजदर समेत खुलाउनु पर्नेछ । राष्ट्र बैंकका अनुसार आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ भने निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम रहनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: