×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन लघुवित्तले बोलायो शनिबार विशेष साधारण सभा, एफपीओ निष्कासन सम्बन्धि विशेष प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआरएन लघुवित्तले बोलायो शनिबार विशेष साधारण सभा, एफपीओ निष्कासन सम्बन्धि विशेष प्रस्ताव पेस गरिने

Artha Sarokar

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको शनिबार (भदौ २० गते) विशेष साधारण सभा बस्ने भएको छ । संस्थाको साधारणसभा धनगढीको होटल साथीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । साथै, ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ। संस्थाको नाम र ठेगना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।
हाल सम्म एनआरएनले ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ । आगामी १ वर्ष भित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरि ७७ वटै जिल्लामा कारोबार विस्तार गर्ने योजना बनाएको छ । एफपीओ जारी गरी चुक्ता पुँजी १ अर्ब पुर्याउने योजना पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी